तपाईँ सुन्दै हुनुहुन्छः

कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिसामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलान्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई आज नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । 


पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । 


पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button