कर छुट गरिदिन व्यवसायीको आग्रह

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका व्यवसायीले घर बहाल र व्यावसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा आज बिर्तामोड नगरपालिका पुगी व्यवसायीहरूले नगरपालिकाकी उपप्रमुख तथा राजश्व परामर्श समिति प्रमुख पवित्रा महतरा प्रसाईँलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो आग्रह गरेका हुन् ।
अहिलेको अवस्थामा बैङ्क व्याज, घर भाडा तथा राजश्व बुझाउन कठिन भएको दर्शाउँँदै व्यवसायीले विषम परिस्थितिमा बिर्तामोड नगरपालिकाले व्यावसायिक कर र बहाल कर छुट गरिदिन आग्रह गरेका थिए ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण देशको अर्थतन्त्रको मजबुत खम्बाको रुपमा रहेको निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्