तपाईँ सुन्दै हुनुहुन्छः

कृशला चौधरीको हत्यामा संलग्न दुई जना सार्वजनिक

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ की कृशला चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । 

उनीहरूलाई सोमबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । 

घटनामा संलग्नहरूमा सप्तरीको सुरुङगा नगरपालिका १ बस्ने २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सार्वजनिक गरेको हो । 

श्रावण १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा दुर्गन्धित अवस्थामा शव फेला परेको थियो । 

कृशलाका बुबा प्रेम कुमार चौधरीले श्रावण २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा अस्पतालको शव गृहमा रहेको शव आफ्नो छोरीको भनी जानकारी गराए थिए । 

प्रहरीको विशेष टोलीले आधुनिक प्रविधिको प्रयोग गरी घटना संलग्न व्यक्तिहरूसम्म पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) सुबासचन्द्र बोहोराले बताउनुभयो । 

एसपी बोहोराका अनुसार अनुसन्धानको क्रममा एक सय जनाभन्दा बढी व्यक्तिहरूलाई सोध पुच्छ गरिएको थियो । 

अनुसन्धानको क्रममा कृशलाको हत्या उचितलाल सदाले आफ्नो घरपरिवार बिगारिदिएको भन्दै बदला स्वरूप हत्या गरिएको खुल्न आएको प्रहरीले जनाएको छ । 

कृशला हत्यामा सामाजिक सञ्जाल तथा बाहिरी हल्ला जस्तो बलात्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button