तपाईँ सुन्दै हुनुहुन्छः

जनशक्ति नहुँदा तीन वर्षदेखि थन्कियो एक्स-रे मेसिन

सल्यान । दक्ष जनशक्ति नहुँदा सल्यान छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा स्वास्थ्य चौकीमा तीन वर्षदेखि एक्स-रे मेसिन थन्किएको छ ।

एक्स-रे मेसिन प्रयोगमा नआउँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । 

एक्स-रे मेसिन प्रयोगमा नआउँदा स्वास्थ्य चौकीमा आउने बिरामी श्रीनगर, खलङ्गा जानुपर्ने बाध्यता छ । 

मेसिन चलाउने जनशक्ति नहुँदा र एक्स-रेका केही पार्टस नआउँदा तीन वर्षदेखि प्रयोग विहीन भएको लेखपोखरा स्वास्थ्य चौकीका सि.अ.हे.व.वीरबहादुर वलीले बताउनुभयो । एक्स-रे मेसिनको पुरा पार्टस नआउँदा पनि समस्या भएको उहाँको भनाई छ । 

स्वास्थ्य चौकीमा कम खर्चमा सेवा दिन पाइने भन्दै बिरामी आउने गरेको भए पनि मेसिन बिग्रिदा अन्य ठाउँमा महँगो शुल्क तिरेर सेवाग्राही सेवा लिन बाध्य छन् । 

एक्स-रे मेसिन सञ्चालन नहुँदा, गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको स्वास्थ्य महिला स्वयंसेविका झुपा खत्रीले बताउनुभयो । गाउँ ठाउँमै हुने सानो समस्याको समाधानका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button