तपाईँ सुन्दै हुनुहुन्छः

कारको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको बाह्रदर्शी गाउँपालिका–७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपालिका घर भई हाल कनकाई नगरपालिका–८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।

आइतबार राती साढे १० बजे उत्तरतर्फ जाँदै गरेको प्रदेश–१–०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक बाह्रदर्शी गाउँपालिका–७ की २८ बर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाइते भई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको हो । घाइते स्कुटर चालक कार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

दुर्घटना गराउने कार र चालक इलाम माइजोगमाई गाउँपालिका–२ का २४ वर्षीय जङ्गबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button