तपाईँ सुन्दै हुनुहुन्छः

क्षमताभन्दा दुई गुणा बढी कैदी भएपछि कोरोना संक्रमण नियन्त्रण गर्न चुनौती

अर्घाखाँची । क्षमता भन्दा दोब्बर बढी कैदिबन्दी राखेपछि अर्घाखाँची कारागारको अवस्था नाजुक बन्दै गइरहेको छ । सीमित ठाउँमा क्षमताभन्दा दुई गुणा बढी व्यक्ती कोचाकोच भएपछि कोरोना संक्रमण नियन्त्रण गर्न चुनौती देखिएको छ ।

कारागारमा रहेका ६४ जना मध्ये ६० जनामा कोरोना पुष्टि भएको छ । तिन दिन अघि स्वास्थ्य कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त पहलमा जिल्ला कारागारमा रहेका कैदी बन्दीको कोरोना परिक्षण गर्दा ६० जनामा केही दिन अघि कोरोना संक्रमण देखिएको थियो । २५ जना क्षमता भएको कारागारमा अहिले ६४ जना कैदी राखिएको छ । वैकल्पिक व्यवस्था नहुँदा कोरोना संक्रमण देखिएका बिरामीको उपचारमा समेत चुनौती देखिएको हो ।

निकै चुनौती छ, सबैजसोलाई संक्रमण देखिएको छ, कारागार प्रमुख नुमलाल पन्थीले भन्नुभयो ,‘वाल’ जीर्ण हुँदा कैदी सार्न समस्या छ ।’ बजेटको व्यवस्थापन हुन सके केही सहज हुने उहाँको भनाई छ । मुलुकी संहिता ऐन, फौजदारी संहिता ऐनमा खुला कारागारको अवधारणा ल्याईएपनी त्यो कार्यान्वयनमा आउन सकेको छैन । तिनै तहका सरकारले अन्य शीर्षकमा करौडौं रुपैयाँ विनियोजन गरेपनी कारागारको जीर्ण अवस्थामा कसैको नजर पुगेको छैन ।

कारागारका सङ्क्रमितको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ । तर, पर्याप्त स्थान नहुँदा लक्षण देखिएका, नदेखिएका सबैलाई एकैठाँउ राख्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button