मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवकको ज्यान गयो
बागलुङ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बागलुङको बाडिगाड गाउँपालिमा एक युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो फुपू नाता पर्नेको घरमा मोबाइल चार्ज गरिरहेका बडिगाड गाउँपालिका–५ का २२ बर्षिया रमेश पाईजाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अचानक बिद्युत् सर्ट हुँदा करेन्ट प्रवाह भएपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताउनुभयो । युवकको मृत्युको खबर पाएपछि प्रहरी चौकी ग्वालिचौर र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङको टोली घटनास्थल पुगेको थियो ।
मृतकको शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्