सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं । सोमबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक सयले घटेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्