तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोरोनाबाट एकै दिन पाँच जनाको मृत्यु, १८४ मा संक्रमण पुष्टि

भद्रपुर, झापा । झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले आइतबार जिल्लाका विभिन्न अस्पतालमा पाँच जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

कोरोना सङ्क्रमणबाट भद्रपुर १ का ५५ वर्षीया महिला, कनकाई ३ का ३५ वर्षीय पुरुष र मोरङ लेटाङ ४ ९३ वर्षीया महिलाको विर्तामोडस्थित बीएण्डसी हस्पिटल, मेचीनगर ६ का ३८ वर्षीय पुरुषको बिर्ता सिटी अस्पताल र दमक २ का ८५ वर्षीय पुरुषको आम्दा अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । योसँगै झापामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१५ पुगेको छ ।

त्यस्तै जिल्लामा आइतबार १८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २१४ रहेको कोभिड फोकल पर्सन जीवन चौलागाइंले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button