सप्तरीमा कोरोनाबाट दुई को मृत्यु

सप्तरी । सप्तरी जिल्लामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा सुरुंगा नगरपालिका वडा नम्बर २ निवासी ५८ वर्षीय महिला र बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने ६० वर्षीय पुरुष छन् ।
कार्यालय प्रमुख दुनियाँलाल यादवका अनुसार बिरामी भएर उपचारका लागि धरान गएका बिष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उनको उपचार गरिरहेकै क्रममा मृत्यु भएको यादवले बताउनुभयो ।
यस्तै, साउन २५ गते संक्रमित भएर होम आइसोलेसनमा बसेको बखत सुरुंगाकी महिलाको मृत्यु भएको यादवले बताए ।
दुई जनाको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्