तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा एकै दिन दुई सय जना कोरोना सङ्क्रमित थपिए

पाल्पा । आइतबार पाल्पामा दुई सय जना कोरोना संक्रमित थपिएका छन् । 

यससँगै पाल्पामा ५ सय ८ जना कोरोनाका सक्रिय संक्रमितहरु पुगेका छन् । 

एन्टिजेन परीक्षणमा १ सय ९० जना र पिसिआर परीक्षणमा १० जनामा कोरोना सङ्क्रमित थपिएका हुन् ।

१९ जनाको पिसिआर परीक्षणबाट १० जना र ७ सय ४६ जनाको एन्टिजेन गर्दा ७ सय ४६ जनाको परीक्षणमा १ सय ९० जना गरी जम्मा दुई सय जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

जसमा ३ सय ६६ जना होम आइसोलेसनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेसन सेन्टरहरूमा उपचार भइरहेको छ ।

पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरूको कुल सङ्ख्या ९ हजार २ सय ६० पुगेको कार्यालयले जनाएको छ । 

२४ घण्टामा थप १ सय ७४ जना निको भएर घर फर्किएका छन् । 

त्यस्तै, पाल्पामा अहिलेसम्म १ सय ३२ जना कोरोना सङ्क्रमितहरूको निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button