तपाईँ सुन्दै हुनुहुन्छः

महिला आत्मनिर्भरताका लागि सामाग्री निःशुल्क वितरण

सुनसरी । सुनसरीको कोसी गाउँपालिकाका महिलाहरूलाई आत्मनिर्भर बनाई उनीहरूको जीवन स्तर माथि उकास्ने उद्देश्यले कृषिमा लागेकालाई पानी तान्ने मोटर तथा सीप भएकाहरूलाई लुगा सिलाउने मेसिन निःशुल्क वितरण गरिएको छ । 


स्थानीय सरकारद्वारा सञ्चालित मेडेपा कार्यक्रम अन्तर्गत कोसीका महिलालाई आत्मनिर्भरता लागि मोटर र लुगा सिउने मेसिन वितरण गरेको हो । 


१७ जना महिलालाई पानी तन्ने मोटर र ११ जना महिलालाई लुगा सिउने मेसिन वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले जानकारी दिनुभयो । 


महिलाको जीवन उकास्ने क्षेत्रमा लगानी गर्न कोसी गाउँपालिका कार्यालय सधैँ तयार रहेको अध्यक्ष अन्सारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button