तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभा बैठक भाद्र १ गते बस्ने

मकवानपुर । बागमती प्रदेश सभा बैठक भाद्र १ गते मङ्गलवार बस्ने भएको छ । सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र भाद्र १ गते मङ्गलवार दिनको २ बजे प्रदेश सभाको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले दिनुभयो । 

प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । यसै गरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि नै दर्ता भएका थिए । चालू वर्षको नीति कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेश सभा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button