अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न

वीरगञ्ज । आइतबार बिहान परेको अविरल वर्षाका कारण वीरगन्जका कतिपय बस्ती र बजार डुबानमा परेका छन् ।
वीरगन्जको राधेमाई, श्रीपुर, मुर्ली, पानीट्यांकी, रानीघाट, अशोकबाटीका, आदर्शनगर, नगवा, छपकैया लगायतका क्षेत्रका डुबानमा परेका हुन् ।
यसका साथै आदर्शनगर चौकदेखि ठाकुरराम क्याम्पस सम्मको सडकमा पनि सवारी साधन, पैदल यात्रुहरूलाई सकस हुने गरेको यात्रुहरू बताउँछन् ।
वीरगञ्ज महानगरपालिका भएर बग्ने सरिस्वा नदीको बहाव पनि बढेको छ । बहाव बढेको कारण आसपासका वडा पनि जलमग्न भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्