तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल चोरेर भारतमा बेच्न जान लागेका दुई युवक पक्राउ

झापा । सशस्त्र प्रहरीले चोरी गरेको मोबाइलसहित दुई युवकलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बल नेपाल बोर्ड आउट पोस्ट सतिघट्टाबाट खटिएको टोलीले हिजो शनिबार पैदल गस्ती गर्ने क्रममा  झापा बिर्तामोड नगरपालिका–४ निवासी १७ वर्षीय विजय श्रेष्ठ र उदयपुर त्रियुगा नगरपालिका–१ निवासी २३ वर्षीय सञ्जय नेपाललाई काँकडभिट्टा नाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।


लुकिछिपी भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा तीन वटा मोबाइल फेला परेको डिएसपी भण्डारीले बताउनुभयो । 


मोबाइल चोरेर ल्याएको र भारत बेच्न गइरहेको उनीहरूले सशस्त्र प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button