तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारीमा नेकपा (माओवादी केन्द्र)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारी गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक तथा विधान संशोधन मस्यौदा प्रस्तावमाथि ८ वटै समूहको छलफलको रिपोर्ट केन्द्रिय कमिटीमा प्राप्त भइसकेको जनाएको छ । 

केन्द्रिय समितिबाट प्राप्त रिपोर्टमा प्रस्तुत जिज्ञासा र सुझावहरूलाई सम्बोधन गर्ने बारेमा स्थायी समितिमा छलफल गरी सुझाव र जिज्ञासाहरूको स्पष्टीकरण दिने तथा प्रस्तावहरूलाई निष्कर्षमा पुर्‍याउने तयारी भएको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button