झापामा सडेको अवस्थामा शव फेला
झापा । झापाको कमल गाउँपालिका–२ स्थित क्याम्पा चोक छेउमा शव फेला परेको छ ।
क्याम्पा चोकदेखि करिब ५० मिटर पूर्व धानवारीमा स्थानीय राजु लिम्बुको शव फेला परेको हो ।
स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बुको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकको शव खेतको बीचमा भएको कारणले लास सडेर दुर्गन्ध आउन थाले पश्चात् स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
घटनाका बारे कारण खुल्न सकेको छैन ।परिवारको पहिचान पश्चात् शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्