तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेस गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । 

माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको र टोली नेताले आफ्नो सुझाव राख्ने कार्यसूची  छ ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् । 

यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो । बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानका बारेमा छलफल भएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button