तपाईँ सुन्दै हुनुहुन्छः

पोष्ट कोभिडको कारण बीरगंजमा एक महिलाको मृत्यु

बीरगंज । बीरगंजमा पोष्ट कोभिडको कारण एक महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ । 

बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीकी ६५ वर्षीया महिलाको पोष्ट कोभिडको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो । 

कोभिड सङ्क्रमणपछि निको भई घर फर्किएकी महिलालाई पुनः श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको र अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज मृत्यु भएको कोभिड संयोजक डा.सिंहले जानकारी दिनुभयो । 

नारायणी अस्पतालमा अहिले तीन जना कोरोना संक्रमित भर्ना भएको र उनीहरूको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button