नेपाली सेना र पत्रकारबिच मैत्रीपूर्ण फुटसल सम्पन्न

जुम्ला । नेपाली सेना र पत्रकारबिच जुम्लामा शनिवार सम्पन्न मैत्रीपूर्ण फुटसल खेलमा नेपाली सेनाको टिम विजयी भएको छ । १० गोलको अग्रताले नम्बर २४ बाहिनी र नन्दा बक्स गण जुम्लाको टिम विजयी भएको हो ।
बाहिनी पति याम बहादुर सापकोटा तथा गणपति रविन थापाले नेतृत्व गरेको नेपाली सेनाको टिमले खेलको निर्धारित समयावधिभर १३ वटा गोल गरेको छ ।
नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाही र कोरपाटी अनलाइनका सम्पादक पूर्णप्रसाद चौलागाईले नेतृत्व गरेको पत्रकारको टिमले १३ गोलका विरुद्ध दोस्रो हाफमा ३ गोल गरेको थियो । पहिलो हाफमा निरन्तर गोल गरेको नेपाली सेनालाई १३ गोलका विरुद्ध ३ गोल पत्रकारको टिमले फिर्ता गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्