तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश सरकारले जनताले महसुस गर्ने गरी काम गरेको छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारले गरेको कामको उपलब्धिहरू जनताले महसुस गर्न थालेको बताउनुभएको छ । 


मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ५, स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको शनिबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई गति दिएको र जनताले विकासको महसुस गर्न थालेको बताउनुभयो । 


गाउँपालिका, सङ्घीय सरकार र प्रदेश सरकारको ३ करोड ११ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button