तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाउँदा जुम्लामा तीन जनाको मृत्यु

जुम्ला । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर जुम्ला ताम्ती गाउँका तीन जनाको मृत्यु भएको छ ।  

सेतक चिनी (खिरौला) कोरेर पाटनबाट घर फर्किने क्रममा तातोपानी गाउँपालिका ७ स्थित घट्टे खोलामा आएको बाढीले बगाउँदा आमा छोरासहित तीन जनाको मृत्यु भएको हो । 

तातोपानी गाउँपालिका ७ ताम्ती निवासी ५८ वर्षीय बिर्खे रावत, २७ वर्षीय जैसरी रावत र ८ वर्षीय सन्देश रावतको बाढी बगाएर मृत्यु भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार साउन २८ गते साँझ ६ बजेतिर पाटनबाट फर्किँदै गाउँ नजिकैको घट्टे खोलामा आएको ठुलो बाढीले तीनै जनालाई बगाएको हो । खोज्दै जाँदा शनिवार जैसरी रावतको शव २ मिटर, सन्देश रावतको शव ५ सय मिटर र बिर्खे रावतको शव ४ सय मिटरको दुरीमा फेला परेको हो । 

प्रहरीले घटनाको मुचुल्का समेत गरिसकेको छ । मृतक तीनै जना ताम्ती गाउँका एकै टोलका रहेका छन् । जसमा ५८ वर्षीय बिर्खे रावत (ससुरा) र  २७ वर्षीय जैसरी रावत र ८ वर्षीय सन्देश रावत आमा छोरा नाता पर्ने भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button