तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन स्वस्थ्य शिशु

सल्यान । सल्यानमा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसिरहेकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका – ६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ्य शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिनुभयो । 

साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा चेक गराउँदा कोरोना पोजेटिभ देखिएपछि उनलाई साउन २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । 

कोरोना पोजेटिभ गर्भवतीलाई स्वास्थ्य संस्थामा डेलिभरी गराइएको सल्यान जिल्लामै यो पहिलो भएको डा. जैसीले बताउनुभयो । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको र दुवैलाई होम आइसोलेसनमा पठाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button