तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा २ लाख ३० हजारले लगाए कोरोना खोप

पोखरा । कास्कीमा अहिले सम्म २ लाख तिस हजारले कोरोनाको खोप लगाएका छन् । कास्कीमा पहिलो चरणको कोभीड शिल्ड लगाएका ४४ हजार आठ सय मध्ये ३२ हजार वढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।


जापान सरकारबाट प्राप्त एस्ट्राजोनीक भ्याक्सीन पहिलो चरणका कोभीड शिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका वर्गका लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । गएको माघ र फागुनमा कास्कीका कोभीड शिल्डको पहिलो मात्रा लगाइएको थियो ।

कास्कीमा २ लाख २६ हजार भन्दा वढीडोज खोप प्राप्त भएको छ , पहिलो १ लाख १९ हजार लगाइसकेका छन् भेरोसेल ४६ हजार पाचँसय जनाले दुवै डोज लगाएका छन् अन्य ठाउँबाट पहिलो डोज भेरोसोल लगाएका व्यतmीहरुलाइृ पनि कास्कीमा खोप लगाइएको छ । २५ हजार जोन्स एण्ड जोन्सन लगाएका छन् । अहिले कास्कीमा वैदेशीक रोजगारीमा जाने व्यतmीहरुकोलागी महानगरपालीकासग समन्वय गरे खोप कार्यक्रम आयोजन गर्न लागीएको कार्यालयले जनाएकोे छ ।

पोखरा महानगरपालीकामा मात्रै १ लाख ८१ हजार १ सय ७९ जनाले खोप लगाइसकेका छन् । १४ हजार ९ सय ६ जनाले जोन्स एण्ड जोन्सल लगाएका छन् । पालीकामा ५५ वर्ष देखि ६२ वर्ष र शिक्षकहरुले ४१ हजार ५ सय ७ जनाले लगाएको पोखरा महानगरपालीका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिनु भयो । “अहिले महाशाखामा वैदेशीक रोजगारीमा जाने ३ हजार जनाले खोप लगाइ सकका छन् ।


विभीन्न चरणमा वैदेशीक रोजगारमा जाने व्यक्तीहरुलाई खोप संचालन हुदै आइरहको छ । भाद्र १ गते पोखराको प्रर्दशन केन्द्रमा अध्यँनमा जाने विद्यार्थी रोजगारीमा जाने कामदारहरुको लागी खोप कार्यक्रम संचालन गर्न लागीएको आचार्यले बताउनु भयो । कोभीड शिल्ड १४ हजार २ सय ८२ जनाले दुवै डोज लगाइसकीएको माहाशाखाले जनाएको छ । गएको पाmगुन महिनामा कोभीड शिल्ड लगाएर दोस्रो डोज पाउन नसकेका २१ हजार ८ सय मानीसलाई साउन ३१ र ३१ गते एस्ट्रोजोनीका लगाउने तयारी गरेको आचायले बताउनु भयो ।

कास्कीमा पोखरा महानगर पालीको २३ वटा केन्द्र र अन्नपुर्ण ,माछापुच्र्छे , रुपा र मादी गाउँपालीकाहरुको खोप केन्द्रमा खोप लगाउने काम भैरहेको परिवार नियोजन सुपरभाइजर तथा कोभिड फोकल प्रर्सन नर वहादुर सारुले बताउनु भयो ।

भ्याक्सीन लगाउने ठाउँमा लक्षीत वर्ग भन्दा अन्य व्यतmीहरुले अनावश्यक भिड भाड गरीदीदा कोरोनाको संक्रमण वढ्ने गरेको सारु बताउनु हुन्छ । भ्याक्सीन लगाउदा स्वास्थ्य कर्मीहरुलाई पनि समस्या देखा पर्न थालेका छन् । खोप लगाउने प्रावीधीकहरुलाई समेत पुन कोभीड देखिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button