तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। आज बस्ने केन्द्रीय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँने बताइएको छ।

आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button