तपाईँ सुन्दै हुनुहुन्छः

तुइनको सहयोगमा महाकालीमा पक्की पुल बनाइँदै

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा तुहिनको सहयोगमा चार लेनको पक्की पुल निर्माण कार्य सुरु गरिएको छ ।

भीमदत्तनगरपालीका १२ ओदाली नजिक महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसम्मको पहुँच मार्ग असार महिनामा आएको बाढीले बगाए पछि रोकिएको निर्माण कार्य तुइन जोडर सुरु गरिएको हो ।

निर्माण कम्पनीका ईन्जिनियर किशोर राज पाण्डेले पुलसम्म जानका लागि बनाइएको पहुँच मार्ग असार महिनामा महाकाली नदिमा आएको बाढीले बगाए पछि रोकिएको निर्माण कार्यलाई निरन्तरता दिन तुइन जडान गरी आवश्यक सामाग्री ढुवानी र कामदार ओसारपसार गर्ने गरेको बताउनु भएको छ ।

उहाँले पुलको बाँकी पाँच वटा स्ल्याबहरु निर्माणका लागि तुइनबाट सिमेन्ट , मजदुर लगायतका आवश्यक सामग्री सहजै पुलसम्म पु¥याउने गरिएको र एउटा स्ल्याब सोमवारसम्ममा निर्माण भइसक्ने समेत बताउनु भयो ।

उहाँले कोरोना महामारीका कारण ५० प्रतिशत कामदारहरूबाट मात्र काम गराउनु परि रहेको बताउनुभयो ।

उहाँले हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत सम्पन्न भएको र कात्तिक महिनाको अन्तिमसम्ममा पुल निर्माण र बाटो निर्माण कार्य सम्पन्न हुने बताउनु भयो । ठुलो ढुङ्गा अभावका कारण पोखरी निर्माण कार्य भने हुन नसकेकी रहेको ईन्जिनियर पाण्डेले बताउनु भयो ।

उक्त पुल निर्माणका लागी थप गरिएको एक वर्षको समयावधि फाल्गुन १५ गते सकिँदै छ ।

उहाँले कोरोना महामारीका कारण ५० प्रतिशत कामदारहरूबाट मात्र काम गराउनु परि रहेको बताउनुभयो ।

उहाँले हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत सम्पन्न भएको र कात्तिक महिनाको अन्तिमसम्ममा पुल निर्माण र बाटो निर्माण कार्य सम्पन्न हुने बताउनु भयो । ठुलो ढुङ्गा अभावका कारण पोखरी निर्माण कार्य भने हुन नसकेकी रहेको ईन्जिनियर पाण्डेले बताउनु भयो  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button