तपाईँ सुन्दै हुनुहुन्छः

अशक्त नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

file photo

काठमाडौँ । सर्वोच्च अदालतले खोप केन्द्रमा जान नसक्ने अशक्त र ‘ज्येष्ठ नागरिक’लाई घरमै पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ ।


न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले आज ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोरोनाविरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको हो ।


‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतको लगत सङ्कलन गरी घरमै पुगेर खोप सेवा उपलब्ध गराउने कार्यक्रम, मनासिब समय र तालिका तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्नु गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।


अधिवक्ता प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजताको माग गर्दै रिट दायर गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button