तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराका एक व्यापारीमाथि चक्कु प्रहार

डडेलधुरा । डडेलधुराका एक व्यापारीमाथि बिहीबार राति चक्कु प्रहार भएको छ । 

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवाका व्यापारी खेमराज अवस्थीमाथि चार पाँच जनाको समूहमा आएका युवाहरूको चक्कु प्रहार गरेका हुन । 

नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलका सञ्चालक रहेको जिल्ला पहरी कार्यालय डडेलधुराले जनाएको छ । 

घाइते अवस्थीलाई डडेलधुरा अस्पतालमा भर्ना गरिएको छ । उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छ भने पसलमा समेत तोडफोड गरिएको छ ।

गए राति स्थानीय युवकहरूको टोलीले रक्सी महँगो विक्री किन गर्छस् भन्दै उक्त समूहमा आएका युवकहरूले एकाएक उनलाई कुटपिट गरी पसल समेत तोडफोड क्षति पुर्‍याएका थिए । 

स्याउले अस्थायी प्रहरी पोष्ट घटनास्थल पुगेर मुचुल्का उठाई कुटपिटमा संलग्नहरूको खोजी कार्य गरिरहेको छ । 

घटनामा संलग्नहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको र उनीहरूमाथि कानुनी कारबाही गरिने डडेलधुरा पहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेन्दबहादुर चन्दले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button