वैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादी पक्राउ

भद्रपुर, झापा । झापामा वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ बस्ने ४८ वर्षीया उर्मिला पन्धाक रहेकी छन् ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ जेठ १७ गतेको फैसला बमोजिम वैदेशिक रोजगार कसुर मुद्दामा पन्धाकलाई एक वर्ष छ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनी एक महिना न्यायिक हिरासतमा बसेर १ हजार ५६२ रुपैयाँ धरौटी बुझाए पनि पछि फरार रहेकी थिइन् ।
सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी उनलाई बिहीबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो ।
उनलाई कारागार पठाउनका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्