बाँकेमा कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाइँदै
नेपालगन्ज।बाँकेका ८१ वटै वडाका स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाइँदै छ । कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई आज र भोलि दोस्रो मात्रा लगाउन थालिएको हो ।
बाँकेमा ६५ बर्ष माथिका २० हजार ८ सय ७३ जना ५ महिनादेखि दोस्रो डोज पाउनबाट वञ्चित भएका थिए । फागुनको अन्तिम साता पहिलो डोज खोप लगाएका उनीहरूलाई आज र भोलि दोस्रो डोज खोप लगाउने कार्यक्रम छ । खोप लगाउन जाँदा भने खोप कार्ड लिएर जानुपर्नेछ ।
भारतबाट आउने भनिएको थप कोभिशिल्ड नआएपछि पहिलो खोप लगाएर पनि लामो समय दोस्रो मात्रा लगाउनबाट ज्येष्ठ नागरिक छुटेका हुन् । भारतले कोभिशिल्ड दिन रोक लगाएपछि जापानबाट आएको अस्ट्राजेनेका खोप दोस्रो मात्राका रुपमा दिइएको हो ।








प्रतिक्रिया राख्नुहोस्