तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले बढेको हो।महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button