बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज।बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ बाँकेका ४३ वर्षीय पुरुष र कैलालीको टिकापुर नगरपालिका ८ की ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२४ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्