तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पेस्तोल सहित ३ जना पक्राऊ

कपिलवस्तु । कपिलवस्तुमा कटुवा पेस्तोल र गोली सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाराजगन्ज नगरपालिका वडा नं. ९ औरहवाका २० वर्षीय लक्षमण यादव, सोही स्थानका २८ वर्षीय बिश्वम्वर यादव र सोही स्थान कै ४१ वर्षीय समसाद अहमद खाँ रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

प्रहरी चौकी कुशुहवा बढनी र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले अवैध हातहतियार साथमा लिई हिँडेका भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाई पाइन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउन्ड फेला परिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनु भयो ।

उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो हातहतियार समसाद अहमद खाँले राख्न दिएको खुल्न आएको हुँदा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई हातहतियार खरखजना मुद्दा अन्तरगत आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button