तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नदीमा आएको बाढीले मिनिट्रक बगायो

सल्यान । सल्यानको शारदा नदीमा आएको बाढीले मिनिट्रक बगाएको छ । जिल्लाको बागचौर नगरपालिका –२ बागचौरमा थारमारेबाट कोटमौला जाँदै गरेको रा १ ख २२१९ नम्बरको  मिनिट्रक बिहीबार दिउँसो बाढीले बगाएको हो । 

नदी पार गर्ने क्रममा एक्कासि आएको बाढीले ट्रक बगाएको र अहिले जेसिबीको सहायताले उद्धार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । ट्रक बाढीले सडकबाट करिब ५/६ मिटर तल बगाएको उनको भनाई छ । 

ट्रक चालक र सहचालकको भने उद्धार गरिएको उनको भनाई छ । ट्रक बाढीले नबगायोस् भनेर डोरीले बाँधेर रुखमा अड्याइएको पौडेलको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button