तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने विषयमा छलफल जारी रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसिरहेको केन्द्रीय समिति बैठकमा पहिला निर्धारित समयमा महाधिवेशन हुन नसक्ने भएपछि नयाँ कार्यतालिका र कसरी अगाडि बढ्ने सन्दर्भमा छलफल भइरहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिनुभयो ।

केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो ।

भदौ १६ देखि १९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि काँग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल हुँदै केन्द्रीय समिति बैठकमा छलफल सुरु भएको नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button