साढे तीन लाख नगदसहित १३ जना जुवाडे पक्राउ

कास्की । पोखरामा जुवा खालबाट नगद साढे ३ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० उत्तमचोकस्थित सरु गुरुङको घरमा भइरहेको जुवा खालबाट नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँसहित जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पोखरा १० उत्तमचोकका घरधनी ३५ वर्षीया सरु गुरुङ, पोखरा १५ ट्याक्सीचोकका ४८ वर्षीय मनबहादुर क्षेत्री, पोखरा १५ नयाँ गाउँका ४१ वर्षीय भुपेन गुरुङ, पोखरा १७ हनुमान टोलका ४७ वर्षीय थमनसिंह गुरुङ, पोखरा १७ घारीपाटनका ४४ वर्षीय हर्कबहादुर थापामगर, पोखरा १० उक्तमचोकका ४८ वर्षीय सुरेन्द्रबहादुर गुरुङ रहेका छन् ।
त्यस्तै, पोखरा १४ हवेलीमार्गका ३५ वर्षीय सञ्जेव गुरुङ, पोखरा ८ सिमलचौरकी ६० वर्षीया कृष्णा गुरुङ, पोखरा १५ रामबजारकी ३६ वर्षीया राममाया गुरुङ, पोखरा १० अन्नपूर्ण टोलकी ४० वर्षीया श्रीकुमारी गुरुङ, पोखरा १५ नयागाउँकी ३६ वर्षीया हिरा थापा, पोखरा १३ भद्रकालीकी ४२ वर्षीया माया तामाङ र पोखरा १५ नयागाउँकी ४० वर्षीया कमला मगरलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताबिरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्