झापामा एक लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
भद्रपुर, झापा । झापामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख नाघेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार झापामा १ लाख ७ हजार ९ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणमा उपलब्ध भएको कोभिशिल्ड लगाउन अनिच्छुक देखाएका झापाली दोस्रो र तेस्रो चरणमा आएको खोप लगाउन भने निकै हतारिएका थिए ।
पहिलो पटक भारतबाट ल्याइएको कोभिशिल्ड खोप लगाएका उमेर समूह र फ्रन्टलाइनरहरुलाई हालसम्म खोप उपलब्ध नभए पनि चिनियाँ भेरोसिल खोप लगाएकाले दुवै मात्रा पाउका छन् भने अमेरिकन जोन सन खोप लगाउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
कार्यालयका अनुसार झापामा जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार भेरोसिल खोप लगाउनेको सङ्ख्या झापामा ६३ हजार १ सय १६ रहेको छ भने जोन सन खोप लगाउनेको सङ्ख्या ४४ हजार ८ सय ७५ रहेको कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । खोप अभियान जारी रहेको पनि उहाँले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्