लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई नियुक्त गर्नुभएको छ ।
चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थनसहित कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।
बुधवार नेकपा एमाले संसदीय दलका नेता शङ्कर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिनुभएको थियो ।
गठबन्धनमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद रहेका छन् । एमालेमा ३७ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्