तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा पछिल्लो कहिदिन यता कोरोना संक्रमण सङ्ख्या बढ्दै गइरहेको छ ।  

आज जिल्लामा  थप १९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमित सङ्ख्या २ सय ६ सय २६  पुगेको छ । 

धनकुटामा हालसम्म होम आइसोलेसनमा १ सय ९८, संस्थागत आइसोलेसन १० र जिल्ला अस्पतालको आइसोलेसनमा ११ जना उपचाररत रहेका छन् । जिल्लामा हालसम्म पिसिआर विधिबाट ५ हजार ९२ जनाको परिक्षण गरिएको छ भने एनटिजेन विधिबाट ३ हजार ४ सय १५ जनाको कोरोना परिक्षण गरिएको छ ।

जिल्लामा संक्रमण भई मृत्यु हुने १२ ,जिल्लामा संक्रमित भई बाहिर जिल्ला उपचारको क्रममा मृत्यु हुने १७ र स्थायी ठेगाना धनकुटा भई बाहिर जिल्ला बसोबास गर्ने क्रममा संक्रमण भई मृत्यु हुने १० गरी जम्मा कोरोना संक्रमण कारण मृत्यु हुने सङ्ख्या २९ पुगेको जिल्ला प्रशासन कार्यालय धनकुटाको तथ्याङ्कमा उल्लेख छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button