बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज । बाँकेका दुई वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये बाँकेका ३ जना तथा बर्दिया, दाङ, दैलेख, सुर्खेत, प्युठान र रुकुमका १र१ जना छन् ।
मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । योसँगै कोरोनाबाट बाँकेमा हालसम्म १७ हजार ७ सय ५२ जना संक्रमित भएका छन् ।
त्यसैगरी, आज १५ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा १७ हजार ३ सय ३० जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।
त्यस्तै संक्रमित मध्ये ३ सय २३ जनाको मृत्यु भएको छ । जिल्लामा १ सय ३४ जना सक्रिय संक्रमित रहँदा ४३ जना अस्पताल र आइसोलेसनमा छन् भने १ सय २२ जना होम आइसोलेसनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्