तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको प्रमुख प्राथमिकता सबै जनतालाई कोरोना विरुद्धको खोप: अर्थमन्त्री

काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन नदिने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउनु हुँदै अर्थमन्त्री शर्माले सरकारको प्रमुख प्राथमिकता सबै जनतालाई कोरोना संक्रमण विरुद्धको खोप लगाउनुभएकोले कुनै पनि हालतमा बजेटको कमी हुन नदिने बताउनुभयो ।

मन्त्री शर्माले सत्ता साझेदार दलहरूबिचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकताका आधारमा जनचाहनालाई सम्बोधन गर्न छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक उन्नतिका लागि उत्पादनमुखी राजस्व प्रणालीको विकास गनुपर्नेमा जोड दिनुभयो ।अर्थमन्त्री शर्माले अघिल्लो सरकारलाई दोषी देखाउन नभई मुलुकको आर्थिक अवस्थाको यथार्थ चित्रण गरी आगामी रणनीति बनाउन मुलुकको आर्थिक अवस्था सार्वजनिक गरिएको बताउनुभयो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गर्नुभएको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियो प्रस्ताव स्वीकार गरेको छ ।

यस्तै बैठकले लोक सेवा आयोग विधेयक, २०७५ र विद्युत् विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button