तपाईँ सुन्दै हुनुहुन्छः

हराएको मोबाइल खोज्दै मोबाइल धनीलाई बुझाउँदै डुम्रे प्रहरी

तनहुँ । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले एक पछि अर्को उदाहरणीय काम गर्दै नागरिकको मन जित्न सफल बनेको छ । 

कार्यालयले मोबाइल फोन हराई निवेदन दिएकाहरूको फोन खोजतलास गरी मोबाइल धनीलाई हस्तान्तरण गर्ने गरेको छ ।

कार्यालय प्रमुख प्रकाश भुषालका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८ मा १० वटा मोबाइल खोज तलास गरी बुझाई सकेको छ भने अहिलेको साउन महिनामा मात्रै ४ वटा मोबाइल फेला पारी मोबाइल धनीलाई हस्तान्तरण गरेको छ ।

करिब ४० हजार पर्ने मोबाइल करिब ३ महिनामा फेला परेपछि भानु– १ का कृष्ण प्रसाद सापकोटा खुसी हुनुभएको छ । उहाँले मोबाइल पाएपछि भन्नुभयो– “हराएको मोबाइल पाउने आशै थिएन, प्रहरीले खोजी गरेर दिनुभएकोमा अत्यन्तै खुसी छु र प्रहरी युनिटलाई धन्यवाद दिन चाहन्छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button