तनहुँमा विदेश जाने २४० जनालाई जोन्सन खोप लगाइयो

तनहुँ । तत्काल विदेश जानुपर्ने नागरिकलाई लक्षित गरी तनहुँमा बुधवार जोन्सन खोप लगाइएको छ । जिल्लाको दमौली अस्पतालमा बुधवार २४० जना विदेश जानेहरूलाई जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँले तत्काल विदेश जानका लागि गाउँ/नगरपालिकामा नाम टिपाएका नागरिकलाई बुधवार जोन्सन खोप दिएको हो ।
खोप लगाउँदा विदेश जानेलाई नागरिकता, भिसा र पासपोर्ट अनिवार्य ल्याउन लगाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी जानकारी दिनुभयो ।
४० भायल बचेको कोरोना विरुद्धको जोन्सन खोप विदेश जानेहरूलाई लगाइएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । एक भायलले ६ जनालाई खोप लगाइएको प्रमुख अधिकारीले बताउनुभयो ।
अमेरिका, अस्ट्रेलिया, साउदी, मलेसिया लगायतका देशमा जानेहरूलाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्