पहिरोले भुमिदेव आधारभुत विद्यालयको भवन जोखिममा

बझाङ । बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भुमिदेव आधारभुत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ ।
अविरल बर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । साउन १२ गते मङ्गलवार राति परेको अविरल पानीले रोतागणामा रहेको विद्यालयको मूल द्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लगातार वर्षा भए पछि भवन भत्कने खतरा छ । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।








प्रतिक्रिया राख्नुहोस्