तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले अधिकतम साझा कार्यक्रम पनि सार्वजनिक गर्नुपर्छ : बिजुक्छे

भक्तपुर ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले अधिकतम साझा कार्यक्रम पनि सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउँदा अधिकतम कार्यक्रम के हो त्यो पनि सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।उहाँले आफ्नै उत्पादन नभएपछि देशको अर्थतन्त्र कमजोर हुँदै जानु स्वाभाविक भएको भन्दै मौलिक उत्पादन बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

बिजुक्छेले समाजवाद स्थापना गर्न गाह्रो भए पनि संसदीय व्यवस्थाको ठाउँमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपति शासन भए पनि शासकीय सुधारमा मौलिक परिवर्तन नआउने बताउनुभयो ।

नेपालमा संसदीय सर्वोच्चता भन्दा न्यायपालिकाको सर्वोच्चता देखिएको बताउँदै उहाँले विदेशी पुँजीको प्रभाव बढ्दै जानाले देशले राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button