रेडियो नेपालकर्मी शान्ति गुरुङ सम्मानित

पोखरा।रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत पत्रकार शान्ति गुरुङ कञ्चन पत्रकारिता पुरस्कार२०७८ बाट सम्मानित हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखरामा २ जना पत्रकार पुरस्कृत गरिएको हो । फोनिजको २२ औँ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मङ्गलवार पोखरामा आयोजित कार्यक्रममा रेडियो कर्मी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्थालगायतले नगद २५/२५ हजार सहित दोषल्ला र सम्मापत्रले सम्मान गरिएको थियो । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।

लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत गुरुङ पत्रकारिता सँगै गायन क्षेत्रमा पनि सक्रिय रुपमा लाग्नु भएको छ । नवलपुरका राना रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौँ मिडिया हाउसमा कार्य अनुभव छ ।सम्मानित भएपछि पत्रकार द्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाईरहन थप हौसला प्रदान गरेको बताउनुभयो । रानाले पुरस्कार बापत पाएको २५ हजारमा उत्ति नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पीडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उहाँको परिवारले पिता स्वर्गीय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरेको छ । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको सम्पत्ति जनजाति, धर्म, संस्कृति प्रदेशको गहना भएका कारण विशेष रुपमा स्थान दिइएको बताउनु भयो । प्रदेशमा भएका धर्म संस्कृतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिएको उहाँको भनाइ थियो । गुरुङ जातीको उद्गम थलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्त्वपूर्ण स्थानहरूलाई विश्व सम्पदा सुचीमा राख्न पहल भइरहेको बताउनुभयो ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खड्गबहादुर ,नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पङ्गेनी , फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर गुरुङ , फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दील शिरिष फोनिज गण्डकी प्रदेशका महासचिव रुद्र शिरिष मगर लगायतले बोल्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्