लुम्बिनीमा नयाँ सरकारको गृहकार्य

लुम्बिनी । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दिनुभएको समय आज सकिदैछ ।
मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको दाबी गर्न हिजो २४ घण्टाको समय दिनुभएको थियो । मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आज बिहीबार ३ बजेभित्र दाबी पेस गर्नु पर्ने हुन्छ । यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत अन्य विपक्षी दलहरूले साउन १९ गते मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा छलफल गर्नका लागि हिजो दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकिएपनी त्यसअघि नै मुख्यमन्त्रीले प्रदेश प्रमुख शेरचन समक्ष राजीनामा बुझाउनुभएको थियो ।
लुम्बिनी प्रदेशसभामा हाल ८० सदस्य छन् । जसमध्ये सत्तारुढ नेकपा एमालेका ३८ र विपक्षी गठबन्धनमा आबद्ध दलका ४१ जना सदस्य रहेका छन् ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।








प्रतिक्रिया राख्नुहोस्