सप्तरीमा सेनाको गाडी र भ्यान एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सप्तरी । सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा बुधवार नेपाली सेनाको भ्यान र पिकअप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पिकअप गाडीका चालक झापा दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको वान्टेन र पूर्व जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप एक आपसमा टोकिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअपका सहचालक सुनसरी इटहरी नगरपालिका ५ बस्ने ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार खोटाङ मझुवागढी नगरपालिका १० बस्ने ४२ वर्षीय जिवन गिरी घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।दुबैजनालाई उपचारको लागि अस्पताल पठाइएको र नेपाली सेनाको गाडी र चालक नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्