तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीसँग वाणिज्य दूतहरूको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्य दूतहरूको सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ । 


सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए । 


हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको सङ्घले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button