महाप्रबन्धक भट्टराईद्वारा राजीनामा
काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजीनामा दिनुभएको छ । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो ।
तेह्र महिना पहिले उहाँ दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजीनामा दिएको उहाँले बताउनुभएको छ ।
उहाँको राजीनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ । रासस








प्रतिक्रिया राख्नुहोस्